७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको हात्तीवनमा आगलागीपछि एक जनाको मृत्यु



काठमाडौँ
२४ चैत । ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार घटना आज बिहान ६ बजेतिर भएको थियो । आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशङ्का गरिएको सुवेदीले बताए । उनका अनुसार सोफा बनाउने ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको बताउँदै प्रउ सुवेदीले प्रारम्भिक रुपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थहरु जलेर नष्ट भएका जानकारी दिए ।

प्रहरीका अनुसार उक्त आगलागीबाट टहराभित्र रहेको सम्पूर्ण फर्निचरका सामानहरु जलेर नष्ट भएको छ । आगलागीका कारण टहराभित्रका सरसामान जग्दा करिब १० लाख रूपैया बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ५७ बजे