५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर एमालेको अध्यक्षमा पहिलोपल्ट महिला उम्मेदवार सुर्वण श्रेष्ठको दाबी



ललितखबर
२५ चैत्र । नेकपा एमाले ललितपुर जिल्ला कमिटीको अध्यक्षमा पहिलो पल्ट दाबी गर्दै महिला नेतृको उम्मेदवारी परेको छ ।
नेकपा एमाले ललितपुरको जारी नवौं अधिवेशनको क्रममा नेतृ सुर्वण श्रेष्ठले उम्मेदवारी दिएकी छिन् ।
उनीसँगै अधिवेशनमा निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व प्रदेश सासंद चेतनाथ सञ्जेल र बागमती प्रदेश कमिटीका पूर्वसदस्य दिनेश कार्कीले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दर्ता गरेपछि नेतृले सर्वसम्मत नेतृत्व छनौट हुन नसकेपछि आफूले पनि उम्मेदवारी दर्ता गरेको बताइन् ।
उनले आफूले कसैको भोट काट्न नभई सक्षम नेतृत्व आवश्यक देखेर उम्मेदवारी दिएको ललितखबरसँग कुराकानीको क्रममा बताएकी छिन् ।
आठौं जिल्ला अधिवेशनका क्रममा पुर्वप्रदेश सासंद चेतनाथ सञ्जेलले अध्यक्षमा दाबी गरेपनि अन्तिम समयमा आचार्यलाई अध्यक्ष बन्न सर्वसम्मत निर्णय गर्दै बाटो खुला गरेका थिए ।
यस पल्ट चार जनाको उम्मेदवारी परेको भए पनि मुख्य प्रतिश्पर्धा सञ्जेल र आचार्यको हुने पार्टीभित्र चर्चा छ ।
ललितपुरको राजनीतिमा लामो समयसम्म रहेकी पार्टीको पोलिटव्युरो सदस्य समेत रहेकी नेतृ सुशीला नेपालको समेत दावी परेको थिएन ।
श्रेष्ठ पार्टीको जिल्ला सदस्य हुन् भने लामो समयदेखि खेलाडीको रुपमा देशको सेवा गरेकी छिन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।