१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एमाले ललितपुरको नयाँ नेतृत्वको निर्वाचन आज हुन सकेन, भोलिसम्मलाई स्थगित



ललितखबर
२५ चैत्र । नेकपा एमाले ललितपुरको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुन सकेन ।
साँझ अवेरसम्म सर्वसम्मतीको प्रयास गरिएको भए पनि नयाँ नेतृत्वका लागि सहमती हुन नसकेपछि सोमबार विहान ७ बजे निर्वाचन सुरु गर्ने कार्यतालिका बनाएर आजको निर्वाचन स्थगित गरिएको छ ।
निर्वाचन कमिटीमा प्रमुख पुरुषोत्तम ढुंगानाले भोलि विहान ७ बजेदेखि ११ बजेसम्म निर्वाचन हुने जानकारी दिएका छन् । उनले भने, ‘आज सर्वसम्मतीको प्रयासहरु भए । साँझ अवेर भएकाले निर्वाचन आजलाई स्थगित गरिएको छ ।’
आज विहान सुरु भएको निर्वाचन प्रकृयाअन्र्तगत अध्यक्षमा नेताहरु चेतनाथ सञ्जेल,दिनेश कार्की,पुरुषोत्तम आचार्य र सुवर्ण श्रेष्ठले उम्मेदावरी दिएका छन् । उपाध्यक्ष खुलामा अष्टविर ब्यञ्जनकार, मञ्जली शाक्य,श्याम व्यञ्जनकार र गरिगोविन्द श्रेष्ठले उम्मेदवारी दिए ।
सचिव खुलामा रत्न महर्जन,राम राउत,लक्ष्मणप्रसाद बजगाई,सहकुल खत्री,सुर्दशन मिश्र र हरिप्रसाद न्यौपानेले उम्मेदवारी दिए । उपसचिवतर्फ नानीकाजी शाक्य,प्रभाकर थापा, मनोज महर्जन,श्याम शर्मा बजगाई,सन्दन थापामगर र साजन दर्लामीले उम्मेदवारी दिएका छन् ।
उपसचिवतर्फ महिला आरक्षणमा अन्नपूर्ण बस्नेत, आशा राई,संगीता अछामी र सुकुमायाँ लामाको उम्मेदवारी परेको छ । कार्यसमितीका यी सबै पदमा एक एक जना मात्रै विजयी हुने प्रावधान छ ।
निर्वाचनमार्फत १ सय २० जनाको कार्यसमिती चयन गर्ने कार्यक्रम रहेकोमा उम्मेदवारीपछि ४७ पदमा सर्वसम्मत विजयी घोणणा गरिएको छ ।
निर्वाचन समितीका अनुसार विभिन्न पालिकाबाट सदस्यहरु रहने व्यवस्था अनुरुप अधिकाशं सर्वसम्मत भएका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : २३ बजे