ललितखबर
२५ चैत्र । चलचित्र चलाउन निर्माण पक्ष र कलाकारले कतिसम्म फण्डा गर्छन् भन्ने उदारण राजधानीमा आइतबार देखिएको छ । हुन त चलचित्र गोर्खा वारियरले चलचित्रको प्रचार गर्न प्रिमियरमा हललाई जंगलजस्तै मात्रै बनाएको थिएन । कलाकारहरुलाई सैनिक जवान बनाएर हलमा खटाएको थियो ।
चलचित्रको प्रचारको फरकशैली फेरि राजधानीमा हेर्न पाइएको छ ।
राजधानीको सुन्धारास्थित एक हलमा आइतबार चलचित्र ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री केकी अधिकारीको समूहले बोक्सीको भेषमा सहभागी पत्रकार सञ्चारकर्मी र शुभेच्छुकहरुलाई तर्साए ।
२ बजे कार्यक्रमस्थल हलमा सबै सहभागीलाई प्रवेश गराइयो । अध्यारो कोठामा चारैतिर कपाल फिजाएका महिलाहरु चिच्याएको आवाज सुनियो । जहाँ हेर्दा पनि महिलाहरु क्पाल फिजाएर बसेका थिए । माइकमा डरलाग्दो अनौंको चिच्याएको आवाज सुनिएको थियो । झण्डै ५ मिनेट सहभागीलाई प्रस्तुती देखाएपछि केकी अधिकारीलगायत कलाकारहरु बोक्सीको भेषमा स्टेज उक्लिए । अनि सुरु भयो औपचारिक कार्यक्रम ।
कार्यक्रममा निर्माता तथा अभिनेत्री केकी अधिकारीका बुवा बद्री अधिकारी र अभिनेत्री रिमा विश्वकर्मा समेत सहभागी थिए ।
चलचित्र यही बैशाख १४ गतेबाट देशभर प्रर्दशन हुँदैछ । चलचित्रको कार्यक्रममा कलाकारितामार्फत फरकशैलीबाट गरिएको प्रचार स्मरण योग्न रहेको र साँच्किै डरलाग्दो तरिकाबाट प्रचार गरेको भन्दै पत्रकारहरु हलबाट बाहिरिएका थिए ।
अभिनेत्री केकी अधिकारीको अभिनयले ट्रेलर सार्वजनिक कार्यक्रममा मात्रै होइन चलचित्र हेर्ने दर्शक तर्सेर रमाइलो मान्छन् वा मान्दैनन्, त्यो हेर्न बैशाख १४ गतेसम्म कुर्नु पर्नेछ ।
२५ चैत्र २०८०, आइतबार
54
Shares
प्रतिक्रिया