१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर एमाले अध्यक्षमा चार नेताको भिडन्त, ४६ पदमा सर्वसम्मत



२६ चैत्र । नेकपा एमाले ललितपुरको जारी नवौं अधिवेशनले नयाँ नेतृत्व छनौट गर्दैछ । आज हुने निर्वाचन अन्र्तगत विद्युतीय मतदानमा वर्तमानअध्यक्ष पुरुषोत्तम आचार्य, पूर्वप्रदेश सासंद चेतनाथ सञ्जेल र बागमती प्रदेश कमिटीका पूर्वसदस्य दिनेश कार्कीसँगै जिल्ला सदस्य सुवर्ण श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
उपाध्यक्ष खुलामा अष्टविर ब्यञ्जनकार, मञ्जली शाक्य,श्याम व्यञ्जनकार र गरिगोविन्द श्रेष्ठको उम्मेदवारी परेको छ ।
सचिव खुलामा रत्न महर्जन,राम राउत,लक्ष्मणप्रसाद बजगाई,सहकुल खत्री,सुर्दशन मिश्र र हरिप्रसाद न्यौपानेले उम्मेदवारी दिए भने उपसचिवतर्फ नानीकाजी शाक्य,प्रभाकर थापा, मनोज महर्जन,श्याम शर्मा बजगाई,सन्दन थापामगर र साजन दर्लामीले उम्मेदवारी दिएका छन् ।
उपसचिवतर्फ महिला आरक्षणमा अन्नपूर्ण बस्नेत, आशा राई,संगीता अछामी र सुकुमायाँ लामाको प्रतिश्पर्धा तय भएको छ ।
हिजो साँझ अवेरसम्म सर्वसम्मतीको प्रयास गरिएको भए पनि नयाँ नेतृत्वका लागि सहमती हुन नसकेपछि सोमबार विहान ७ बजे निर्वाचन सुरु गरिएको हो ।
हिजो भएको छलफलपछि ४६ पदमा भने सर्वसम्मत भएको छ । निर्वाचन कमिटीमा प्रमुख पुरुषोत्तम ढुंगानाका अनुसार जिल्ला सदस्य महिलामा तारा केसी,रेनुका बजगाईं,कमला थापा, र शोभा महर्जन सर्वसम्मत चयन भएका छन् । खुला युवा सदस्यमा दिनेश दाहाल र सुमन खड्का दलीत सदस्यमा जुनु मिजार र नानीराम परियार आदीबासी जनजाती महिला कल्पना श्रेष्ठ र प्रमकुमारी स्याङ्बो आदीबासी जनजाती युवा चिनबहादुर लामा,अपाङ अल्पसंख्यक खुला लक्ष्मी बहादुर नगरकोटी सर्वसम्मत विजयी भएका छन् ।
वागमती गाँउपालिका खुला सदस्यमा जनकराज न्यौपाने,दामोदर घिमिरे, नारायणबहादुर घले, राजकुमार घिमिरे पालिकाको महिला सदस्यमा गुणकुमारी घिमिरे, नमूना दोङ र रमा चौलागाई  विजयी भए ।
कोञ्ज्योसोम गाँउपालिकाको खुला सदस्य उद्धबप्रसाद घिमिरे,कृष्णप्रसाद घिमिरे,रोहण घलान लामा, महिला सदस्य रनिता तामाङ र सपना तामाङ चयन भए ।
महाकाल गाउपालिकाको खुला सदस्य गोविन्द प्रसाद घिमिरे,नवराज महत,रमेश घिमिरे,रामकृष्ण आचार्य र सुमन तामाङ महिलातर्फ कमला तामाङ र बालकुमारी तिमल्सिना र युवा सदस्यमा शंकर घिमिरे सर्वसम्मत विजयी भए ।
महालक्ष्मी नगरको महिला सदस्य इश्वरी सुवेदी,पार्वती बञ्जरा,रिता पुर्कुटी,संगीता राई र विष्णुकुमारी राई विजयी भए ।
ललितपुर महानगरको युवा खुल्ला सदस्य अनन्त लुइटेल,प्रवेश दाहाल,सुजीन महर्जन,सुब्रतमणी दिक्षित युवा महिला प्रतिमा सिंह शाह ठकुरी र सन्तना दाहाल लेखा कमिटी खुल्लामा रघुनाथ घिमिरे, शशीकुमार कार्की र रामशरण घिमिरे र लेखा कमिटी महिलामा रोजिता सञ्जेल विजयी भए ।
आज ७ बजेर ४५ मिनेटमा मतदान सुरु गरिएको निर्वाचन समितीका संयोजक ढुंगानाले ललितखबरलाई जानकारी दिउका छन् ।

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ३ : २४ बजे