१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी



ललितखबर
२६ चैत्र । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् ।
निर्वाचन समितीका अनुसार विजयी आचार्यले २ सय २९ प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटम प्रतिश्पर्थी चेतनाथ सञ्जेलले १ सय ५४ पाएका छन् । अर्को प्रतिश्पर्थी दिनेश कार्कीले ८१ मत पाए भने सुर्वण श्रेष्ठले ९ मत पाएकी छिन् ।
उपाध्यक्षमा १ सय ७३ मत पाएर मञ्जली शाक्य विजयी भएकी छिन् । उनका निकटम प्रतिश्पर्धी हरिगोविन्द श्रेष्ठले १ सय १५ मत पाए । भने सचिवमा राम राउतले १ सय ७९ मत पाएर बाजी मारे । उनका निकतम प्रतिश्पर्धी रत्न महर्जनले १ सय १२ मत पाएका छन् । उपसचिवमा प्रभाकर थापाले १ सय ५४ मत पाएर विजयी हुँदा निकटतम प्रतिश्पर्धी श्याम बजगाईले ९९ मत पाए ।
महिला उपसचिवमा आशा राईले १ सय ४२ मत सँगै विजयी भइन् । उनकी निकटम प्रतिश्पर्धी संगीता अ५ामीले १ सय ४० मत पाएकी छन् ।आज विहान ७ बजेर ४५ मिनेटबाट सुरु गरिएको मतदान अपरान्ह टुंगिएसँगे मत गणना गरिएको थियो । विद्युतीय मेसिनबाट मतदानका कारण मतपरिणाम छिटो आएको निर्वाचन समितीको भनाई छ ।

आज विहान ७ बजेर ४५ मिनेटबाट सुरु गरिएको मतदान अपरान्ह टुंगिएसँगे मत गणना गरिएको थियो । विद्युतीय मेसिनबाट मतदानका कारण मतपरिणाम छिटो आएको निर्वाचन समितीको भनाई छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : ३६ बजे