१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एमाले ललितपुर अध्यक्षमा पराजित चेतनाथ सञ्जेलको नेताहरुले गरे प्रशंसा



ललितखबर
२६ चैत्र । सोमबार नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भए । विजयी आचार्यलाई उनका निकटम प्रतिश्पर्धी चेतनाथ सञ्जेलले हात मिलाएर बधाई दिए ।
बधाई दिएलगत्तै उनले निर्वार्चित कमिटीलाई आफ्नो पूर्ण समर्थन रहने उद्घोष मात्रै गरेर विजयत्सोवमा समेत सहभागी भए ।
प्रतिश्पर्धी विजयी भएपछि बधाई दिएर घर फर्कने चलन छ तर प्रतिश्पर्धी सञ्जेल पुरै समय कार्यक्रममा बसेका थिए ।
जिल्ला संयोजक शेरबहादुर तामाङले नेतृत्व चयनका लागि भएको निर्वाचनमा गुट उपगुट बनाउन छोडेर नेता सञ्जेलले मित्रवत प्रतिश्पर्धा गरेको भन्दै खुशी व्यक्त गरे ।
पोलिटव्युरो सदस्य सुशीला नेपालले नेता चेतनाथ सञ्जेलले पार्टी फुटेको बेला सम्हालेर अघि बढाएको भन्दै प्रशंसा गरिन् । उनले विजयी भएका नेताहरुलाई बैठकमा सहभागी भएर सक्रिय हुन आग्रह गरिन् ।
वागमती प्रदेश कमिटी सचिव नवराज सिलवालले विजयी कमिटीका पदाधिकारीहरुलाई जीतको उन्माद लिएर अघि नबढ्न सुझाव दिए । उनले निर्वाचनमा पराजय भएकाहरुलाई निकटम प्रतिश्पर्धी तथा उपविजेतालाई फेरि विजयी हुने तर्क गर्दै बधाई दिए ।
विजयी अध्यक्षले आफ्नो कार्यकालभरि सबैको सहयोग रहने अपेक्षा गर्दै सबैलाई मिलाएर अघि बढ्ने आश्वासन दिए ।
पराजित उम्मेदवार सञ्जेलले आफूले ललितपुर क्षेत्र नं. २ र ३ का नेता कार्यकर्तासँग राम्रो परिचय नगरेको र विकास निर्माणको सवालका काम देखाउन नसकेको अनुभव बाँडे ।
अ ाज भएको निर्वाचनमा विजयी आचार्यले २ सय २९ मत पाएका गिए उनका निकटम प्रतिश्पर्थी चेतनाथ सञ्जेलले १ सय ५४ पाएका थिए र्। ो अध्यक्षकै प्रतिश्पर्धी दिनेश कार्कीले ८१ मत पाए भने सुर्वण श्रेष्ठले ९ मत पाएकी थिइन् ।

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : २४ बजे