११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री जया बच्चनको आज जन्मदिन, यस्ता छन् उनको चलचित्र जीवनका रोचक कुरा



मुम्बइ
२७ चैत । चलचित्रमा आफ्नो अभिनय र वास्तविक जीवनमा आफ्नो स्पष्ट बोल्ने शैलीका कारण चर्चित अभिनेत्री जया बच्चन आजवाट ७६ वर्षमा प्रवेश गरेकी छिन् ।
बिग बि अर्थात अभिताभ बच्चनकी श्रीमती जयालाई सन् १९९२ मा पद्मश्री अवार्डबाट सम्मानित गरिएको थियो । १५ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेकी जया बच्चन कहिल्यै पनि अभिनेत्री बन्न चाहेकी थिइनन । खासमा जया सानैदेखि सेनामा भर्ना हुन चाहन्थिन् ।
त्यतिबेला सेना भर्तीमा महिलालाई नर्सको मात्रै जागिर दिइन्थ्यो तर जया नर्स बन्न चाहँदैन थिइन् । उनी लडाकु सेनाको एक हिस्सा हुन चाहेकी थिइन । जया आफैंले नातिनी नव्या नवेलीको पोडकास्टमा यो कथा सुनाएकी हुन्।
उनी भन्छिन् कि त्यतिबेला महिलालाई हेरचाह गर्न राम्रो मानिन्थ्यो। सन् २००४ मा जया राजनीतिमा प्रवेश गरिन् र सफल पनि भइन् । जया विगत २० वर्ष देखि राजनीतिमा सक्रिय छिन् । चार पटकको राज्यसभा सांसद जया बच्चन र उनका श्रीमान् अमिताभ बच्चनको सम्पति १५७८ करोड भारतीय रुपैयाँ बराबर रहेको छ ।
‘सम्बन्धमा म तिम्रो बुवा जस्तो देखिन्छु, मेरो नाम शहन शाह हो,’ यो संवाद तपाई सबैले कुनै न कुनै बेला सुन्नु भएको होला । यो संवाद सन् १९८८ मा रिलिज भएको चलचित्र ‘शहन शाह’ को हो । ‘शहेनशाह’ अमिताभको हिट चलचित्र मध्ये एक हो ।
तर, यो चलचित्रको सफलतामा जया बच्चनको ठूलो भूमिका छ भन्ने कुरा कमैलाई थाहा होला । वास्तवमा चलचित्र ‘शहेनशाह’ को कथा जया बच्चनले नै लेखेकी हुन् । यो चलचित्रले अमिताभलाई नयाँ पहिचान दिएको छ । आज पनि उनका फ्यानहरुले उनलाई यही नामले बोलाउन रुचाउँछन् । न्युज कारखाना

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ५ : ५१ बजे