५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री पुजा शर्माको स्वास्थ्यमा सुधार



२७ चैत । अचानक पेटमा पीडा महसुस भई अस्पताल भर्ना भएकी अभिनेत्री पुजा शर्माको एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। उनले सोसल मिडियामार्फत आफ्नो स्वास्थ्यमा सुधार आइसकेको बताएकी छन्।

फेसबुकमा उनले भनेकी छन्, “सफल शल्यक्रिया भई शीघ्र रूपमा स्वास्थ्यमा सुधार आइसकेको छ। अब आराम गर्ने र रिकभरीको लागि डाक्टरको सल्लाह पालना गर्ने समय हो। मेरो स्वास्थ्य लाभको लागि शुभकामना दिनुहुने सबैमा धन्यवाद। तपाईँका स्वास्थ्य लाभका सन्देशहरूले मेरो हृदय कृतज्ञताले भरिएको छ। म भाग्यमानी छु कि, मेरो जीवनमा यस्ता अद्भुत व्यक्तिहरू छन्। सुस्वास्थ्य र सुख शान्ति सदैव तपाईँको साथमा रहोस्।”

उनको ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।