काठमाडौँ
२९ चैत्र । विदा र पर्वको अवसर छोपेर तीन चलचित्र प्रर्दशनको तयारीमा छन् । यही जेठ १० गते विहीबार बुद्ध जयन्तीको अवसर पारेर यी चलचित्रहरु प्रर्दशनको तयारीमा छन् ।
जेठ ११ गते शुक्रबार आधादिन विदा, शनिबार जेठ १२ गते र जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा छुट्टी नै छुट्टी छ ।
छुट्टीको बेला दर्शक चलचित्र हेर्ने विश्वासका साथ निर्माताहरु यी बेला चलचित्र चल्नसक्ने अनुमान गर्दै प्रर्दशन गर्ने परम्परा रहेको छ ।
बहुस्टारकास्ट रहेको चलचित्र ‘पूजार सार्की’ जेठ १० गते प्रदर्शनमा आउने भएको छ । निर्देशक दिनेस राउतले चलचित्र पुजार सार्की जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर प्रर्दशन गर्ने घोषणा गरेका हुन् ।
योसँगै जेठ १० गते तीन चलचित्र भिड्ने भएका छन् । यस मितिमा पुजार सार्कीसहित अनमोलको फर्की फर्की र पुजा शर्माको ‘दान्भी’ भिड्ने भएपछि चलचित्र क्षेत्र तरंगित बनेको छ ।
यी तीनवटै चलचित्रमा अहिलेका चल्तीका ‘स्टार’ कलाकार रहेका छन् । ‘पूजार सार्की’ मा प्रदीप खड्का, पल शाह र आर्यन सिग्देल प्रमुख भूमिकामा छन् । त्यस्तै ‘फर्की फर्की’मा अनमोल केसी र जसिता गुरुङ छन् भने ‘दान्भी’ मा पूजा शर्मा प्रमुख भूमिकामा छिन् ।
जेठ १० गते बुद्ध जयन्ती र जेठ १५ गते गणतन्त्र दिवसको विदा रहेको यस साता चलचित्र निर्माताले राम्रो फाइदा हुने अनुमान सहित फिल्म प्रर्दशन गर्दै छन् । तर चलचित्र विश्लेषकहरुले यहि मात्र कारण नभएर, कलाकारबीचको आपसी दुश्मनी, निर्देशक र निर्मताहरुबीचको आपसी टक्करका कारण तीन ठुला चलचित्र भिड्न लागेको बताएका छन् ।
तर जेठ १० नजिकिदै गर्दा तीन मध्ये कम्तिमा एक चलचित्र यस मितिमा रिलिज नहुने बताइएको छ । यसमा पुजाको ’दान्भी’को मिति परिवर्तन हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया