५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री ऋचा शर्मालाई सम्झेर प्रशान्तले लेखे चलचित्र ‘सारंग’को कथा



३० चैत्र । चलचित्र ‘सारंग’ निर्माणको राजधानीमा घोषणा गरिएको छ । चलचित्रको कथा आफूलाई नै सम्ेझेर लेखेको अभिनेत्री ऋचा शर्माले कार्यक्रममा खुलाएकी छिन् ।
उनले आफूलाई चलचित्रमा अनुबन्धनको अनुरोधसँगै आफूलाई नै पात्र सम्झेर लेखेको अनुरोध गरेपछि चलचित्रमा अभिनय गर्न राजी भएको बताइन् ।

निर्देशक प्रशान्त तामाङले वालमनोविज्ञानमा आधारित चलचित्र ६० लाख देखि ७० लाखसम्म लगानीमा निर्माण गरिने बताए । राजधानी काठमाडौं वरपर छायांकन हुने यस चलचित्र आगामी बैशाख २ गतेबाट सुटिङ सुरु हुँदैछ ।
‘बाल मनोविज्ञान, बाल अधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा चलचित्र ‘सारङ्ग’ निर्माण हुनेछ’ उनले पत्रकार सम्मेलनमा भने ।
च्लचित्र निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने लागेको हो । चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जङ्ग केसीका साथमा बाल कलाकार द्वय सम्राट् थापा र आदित्य कार्कीले अभिनय गर्दै छन्।
निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारमा देखि, भोगी आएका विषयलाई पर्दामा उतार्न लागेको बताए। अभिनेत्री ऋचाले आफूलाई ‘सारङ्ग’ को स्क्रिप्ट निकै मन परेको बताउँदै यस प्रकारको चलचित्रले समाजलाई सही दिशामा निर्देश गर्न अहम् भूमिका निर्वाह गर्ने राय राखिन्।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।