१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘पुजार सार्की’ को टिजर सार्वजनिक



३० चैत । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’को टिजर सार्वजनिक भएको छ । शुक्रबार रिलिज भएको टिजरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बुलाई प्रस्तुत गरिएको छ ।

यस फिल्ममा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा समेटिएको छ । विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन् ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ । यो फिल्म आगामी जेठ १० गतेबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १२ : ३५ बजे