१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव हुने



३ वैशाख । नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालले कला दिवसको अवसर पारेर महोत्सव गर्न लागेको हो ।
आयोजक एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै महोत्सवको विभिन्न पक्षबारे जानकारी दिएको छ ।
‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने नारा सहित आयोजना हुन लागेको महोत्सवको लोगो समेत सार्वजनिक गरिएको छ । कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईले महोत्सवको लोगो सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : ५३ बजे