१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज साँझपख उपत्यकासहित पहाडी जिल्लामा वर्षाको सम्भावना



४ वैशाख । काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा मंगलबार साँझ हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बेलुकापख उपत्यकासहित पहाडी भूभागमा मेघगर्जन, चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । बादलको विकास हुनेक्रम जारी रहेकाले साँझपख चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

मौसमविद् लामिछानेले भने, ‘अहिले देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली भएको छ । बादल विकसित भइरहेकाले साँझपख पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।’’ अहिले कोशी र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा हल्का वर्षा भइरहेको उनले बताए ।

प्रि मनसुनको समय भएकाले बिहानीपख मौसम राम्रो भएपनि साँझपख भने मेघगर्जन, चट्याङ्सहित वर्षाको सम्भावना हुने उनको भनाइ छ।

आगामी तीन दिन नै मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् लामिछानेको भनाइ छ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ११ : ४७ बजे