१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चर्चित चलचित्र मुन्नाभाईको तेस्रो सिरिज निर्माण हुने



काठमाडौँ
५ वैशाख । बलिउडका सुपरस्टार संजय दत्तको चर्चित चलचित्र मुन्नाभाईको तेस्रो सिरिज बन्ने भएको छ ।

चलचित्रका निर्माता विदु विनोद चोपडाले हालै आफ्नो एक अन्तर्वार्तामा मुन्नाभाई– ३ को स्क्रिप्ट लेखनको काम जारी रहेको निश्चित रुपमा चलचित्र बन्ने बताएका छन् ।

उनले भनेका छन्– ’मुन्नाभाई–३ को लेखन कार्य जारी छ । यो चलचित्र शतप्रतिशत बन्ने विश्वास लिएको छु । यो चलचित्र मार्फत हामीले जनतालाई सही सन्देश पनि दिनेछौँ । आज पनि मानिसहरुले त्यो जादुई अंगालो बिर्सन सकेका छैनन् । यसपटक पनि केही नयाँ ल्याउने छौँ ।’

हालै चलचित्र १२ फेल बनाएर चर्चामा आएका चोपडाले बनाएको मुन्नाभाई एमबिबिएसको पहिलो सिरिज २००३ मा प्रर्दशन भएको थियो ।
त्यसपछि दोस्रो सिरिज लगे रहो मुन्नाभाई २००६ मा रिलिज भएको थियो । यस चलचित्रका दुवै सिरिज बक्सअफिसमा सुपरहिट भएका थिए । मुन्नाभाईका दुवै सिरिजलाई राजकुमार हिरानीले निर्देशन गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : १९ बजे