१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘वर एण्ड वधु’ को बाँकी छायांकन शुरु, डन बने किरण केसी



५ वैशाख । निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘वर एण्ड वधु’ को दोस्रो चरणको छायांकन शुरु गरेका छन् । बुधबार ललितपुरमा किरण केसी र विवेक कर्माचार्यको केही दृश्य छायांकन गरिएको छ । किरण डन अवतारमा प्रस्तुत छन् । फिल्मको ५० प्रतिशत छायांकन यसअघि युरोपको रोमानिया, फ्रान्स र इटालीमा भइसकेको छ । २५ दिन सेड्युल तोकिएको फिल्मको बाँकी छायांकन नेपालमै गर्ने तालिका छ ।
महालक्ष्मीस्थानमा पूजाआजा गर्दै फिल्मको बाँकी सुटिङ थालिएको हो । अभिनेता केसीले लामो समय रोकिएको फिल्मको सुटिङ पुनः सुरु हुँदा आफू उत्साहित रहेको बताए ।

फिल्मको शीर्ष भूमिकामा आँचल शर्मा छिन् । फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का, कुसुम शर्मा लगायतको पनि अभिनय छ । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा सुदीप बरालको छायांकन छ भने यसको मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । फिल्मलाई रिच इन्टरटेनमेन्टले नेपालभर प्रदर्शनका लागि वितरण गर्नेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : ५१ बजे