२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड चलचित्र ‘पुष्पाः २,’ किर्तिमानी मूल्य २०० करोडमा बिक्रि



६ बैशाख । बलिउड चलचित्र ‘पुष्पा २’ उत्तर भारतमा प्रर्दशन अधिकार सहित किर्तिमानी मूल्य २०० करोडमा बिक्रि भएको छ ।
एए फिल्म्सका अनिल थडानीले कीर्तिमानी मूल्य तिरेर उत्तर भारतमा ‘पुष्पा २’ प्रर्दशन गर्ने अधिकार किनेका छन् ।
सन् २०२१ मा प्रर्दशन भएको ‘पुष्पा’ ले देशैभर तरल मचाएको थियो । अल्लु अर्जुन रातारात भारतका सुपरस्टार बनेका थिए । चलचित्रका गीत देखि लिएर अल्लु अर्जुनको स्टाइल, संवाद, डान्स स्टेप र उनको शैलीलाई मानिसहरूले धेरै सम्झिएका थिए । त्यसयता चलचित्रको दोस्रो भागको प्रतिक्षा बढीरहेको छ ।
अल्लु अर्जुनको ‘पुष्पा २’ ले चलचित्र अघि नै बजारमा धुम मच्चाउन थालेको छ ।
भरतमा अहिलेसम्म कुनै पनि चलचित्रको अधिकार यति महँगो मूल्यमा बिक्री भएको छैन। हालसम्म १४० देखि १६० करोड रुपैयाँ धेरै ठूलो मूल्य मानिन्थ्यो तर ‘पुष्पा २’ ले त्यो अंकलाई ठूलो अन्तरले पछाडि छोडेको छ । देशैभरको चलचित्र उद्योगले यो सम्झौताको चर्चा गरिरहेको छ ।

 

अनिलले ‘पुष्पा– २’ बाहेक देवरा, कल्की २८९८ एडी र गेम चेन्जरको उत्तर भारतको थिएटर अधिकार पनि खरिद गरेका छन्। अनिल थडानी अभिनेत्री रविना टण्डनका पति हुन्। उनलाई देशकै सबैभन्दा ठूलो चलचित्र वितरकको रूपमा गनिन्छन् ।

फ्रेन्चाइजको दोस्रो किस्ता निकै ठूलो स्तरमा बनाएको निर्माताहरुले बताएका छन् । यो कुरा जनताले मन पराउनेमा उनी विश्वस्त छन् । ‘पुष्पा २’ मा निर्माताले आफ्नो संस्कृतिको जरासम्म पुग्ने प्रयास गरेका छन् । त्यसैले चलचित्रको प्रारम्भिक लुक्स र टिजरले मानिसमा निकै कौतुहलता पैदा गरेको छ । कतिपयले भने ‘पुष्पा २’ पनि ‘कान्तारा’को बाटोमा गएको बताएका छन् ।

हालै अल्लु अर्जुनको जन्मदिनमा चलचित्रको पहिलो टिजर सार्वजनिक भएको छ । यो चलचित्रको एक एक्सन सिक्वेन्सको स्निपेट थियो। जसलाई मिश्रित प्रतिक्रिया मिलेको छ । समयमै चलचित्रको काम पूरा नहुने खबर आएको थियो । त्यसैले ‘पुष्पा २’ को प्रर्दशन स्थगित हुन सक्छ । तर टिजर रिलिजसँगै ‘पुष्पा २’ निर्धारित मितिमा रिलिज हुने पनि पुष्टि भएको छ । त्यो मिति अगस्त १५, २०२४ हो।

 

‘पुष्पा २’ मा अल्लु अर्जुनसँग रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, प्रकाश राज, सुनील र अनसूया भारद्वाज जस्ता कलाकारहरु देखिदैछन् । यो चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  २ : ५१ बजे