१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महाजात्रा’को व्यापार २६ करोडभन्दा धेरै



७ वैशाख । चलचित्र ‘महाजात्रा’ले नेपाल र विदेशबाट २६ करोड भन्दा बढी कलेक्सन गरेको छ। गत चैत्र ९ गते देखि प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ले नेपाल र बाहिर गरी २६ करोड ६५ लाख कुल कसेक्सन गरेको हो।

साढे तीन करोड लागतमा निर्मित चलचित्रले घरेलु थिएटरका झण्डै डेढ सय फिल्म हलबाट १५ करोड ९० लाख रुपैयाँ कलेक्सन गरेको छ भने नेपाल बाहेक वर्ल्ड वाइड १० करोड ७५ बराबरको व्यापार गरेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ११ : १५ बजे