२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौँ महानगरमा आन्दोलन गर्दा राप्रपाले क्षति गरेपछि जरिवाना तिराउने महानगरको निर्णय



काठमाडौँ । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको छ ।
गत चैत २७ गते राप्रपाले गरेको काठमाडौँ जनप्रदर्शनको क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पु¥याएको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरको हो ।

काठमाडौं महानगरले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको जनाएको छ ।

महानगरको बैंक खाता समेत उल्लेख गरेर सो अनुसारको जरीवाना तिर्न महानगरले राप्रपालाई पत्र पठाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ४ : २३ बजे