४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र पुष्पा : २ को प्रर्दशन अघि नै १ हजार करोड आम्दानी



मुम्बइ
८ बैशाख । अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा २’ ले प्रर्दशनअघि नै अचम्मको व्यापार गरिरहेको छ ।
फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ ।
अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १ हजार करोड रुपैयाँ कमाउने खबर छ । कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा २’ को हिन्दी डब गरिएको थिएटर राइट्स २ सय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसीज राइट्स १०० करोडमा बिक्री भएको छ ।
त्यसपछि यसको डिजिटल अधिकार २७५ करोड रुपैयाँमा बेचिनेछ । र, स्याटेलाइट, अडियो र संगीत अधिकारहरू ४५० करोड रुपैयाँमा बेचिने छ। यी सबैलाई एकसाथ लिने हो भने ‘पुष्पा २’ को प्रर्दशन अघिको व्यापार १ हजार करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ५ : ११ बजे