८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘फिरफिरे फिरिरी’को शुभ मुहुर्त



काठमाडौँ
९ वैशाख । चलचित्र फिरफिरे फिरिरीको आज शुभ मुहुर्त सम्पन्न भएको छ ।

यहि जेष्ठको पहिलो साता भित्र छायाँकन सम्पन्न गरी आउँदो दशैँमा विश्वव्यापि रुपमा दर्शक माझ आउने कुरा जानकारी भएको छ । आफै कलाकार तथा निर्माता रहेका मनोज कुमार अधिकारीले यस अघि नौ डाँडापारी, मंगलशुत्र जस्ता चलचित्र दिइसकेका छन ।

“जुलेवी” जस्ता चलचित्र निर्माण गरीसकेका नविन भट्ट यस चलचित्र “फिरफिरे फिरिरी” मार्फत निर्देशनमा डेव्यु गर्ने भएका छन ।
सोसल हरर कमेडि विद्यामा बन्न लागेको यस चलचित्रका लेखक सन्दिप श्रेष्ठ तथा नविन भट्ट रहेका छन । चलचित्रमा मुख्य कलाकारहरु शंकर सेढाई, भावना उप्रेति, रविना केसी, पिटर प्रिन्स, सन्दिप श्रेष्ठ तथा मनोज कुमार अधिकारी रहेका छन ।

यस चलचित्रको छायाँकारमा जितु तामाङ्ग रहेका छन । कार्यकारी निर्माताको रुपमा पिटर प्रिन्स छन भने प्रोडक्सन हेड विनेश थापा हुन । पोस्ट प्रोडक्सनमा अनन्त घिमिरे रहेका छन भने चलचित्रमा संगित प्रशान्त सिवाकोटिको रहने छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : १५ बजे