१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


‘भारत बिरोधी’ राष्ट्रपति मुइज्जुको पार्टीलाइ माल्दिभ्समा प्रचण्ड बहुमत



वैशाख
माले १० । माल्दिभ्समा आइतबार भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले भारी बहुमत हासिल गरेको छ ।

आफ्नो देशवाट भारतीय सेना हटाउने राष्ट्रपति मुइज्जुको सत्तारुढ दलले संसदको ९३ सिटमध्ये ६७ सिट जित हासिल गरेर इतिहास कायम गरेको छ । मतगणना अझै जारी छ । यो चुनाव बेइजिङ समर्थक राष्ट्रपति मुइज्जुका लागि निकै महत्वपूर्ण मानिएको छ ।

माल्दिभ्समा प्रभाव बढाउन खोजिरहेका भारत र चीनले संसदीय निर्वाचनको नतिजालाई नजिकबाट हेरिरहेका छन् । संसदीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले १२ सिट र स्वतन्त्र उम्मेदवारले १० सिट जितेका छन् । माल्दिभ्स विकास गठबन्धन र जहुरी पार्टीले एक–एक सिट पाएका छन् ।

स्थानीय समय अनुसार हिजो बिहान ८ बजे सुरु भई साँझ ५ः३० बजेसम्म चलेको थियो । साँझ ५ः३० बजे मतदान सकिएसँगै निर्वाचन अधिकारीहरूले देशभरका ६ राजनीतिक दल र स्वतन्त्र समूहले ९३ सिटका लागि ३ सय ६८ उम्मेदवारलाई उम्मेदवारी दिएका थिए । पिपुल्स नेसनल कंग्रेसले ९० सिटमा उम्मेदवारी दिएको थियो भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले ८९ सिटमा उम्मेदवारी दिएको छ ।

मालदिभ्स हिन्द महासागरमा रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा अवस्थित छ। यस्तो अवस्थामा भारत र चीनले माल्दिभ्समा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन् । मुइज्जु राष्ट्रपति बनेपछि भारत र चीनबीचको द्वन्द्व बढेको थियो । यसअघि निर्वाचित भए लगत्तै मुइज्जुले चीन समर्थक अडान अपनाए र देशको एउटा टापुमा तैनाथ भारतीय सेना हटाउन काम गरेका थिए ।

राष्ट्रपति पदका लागि मुइज्जुको चुनावी अभियान ‘एक्जिट इण्डिया’ भन्ने विषयवस्तुमा आधारित थियो, जसमा उनले पूर्व राष्ट्रपतिमाथि भारतलाई धेरै महत्त्व दिएर राष्ट्रिय सार्वभौमसत्तामा सम्झौता गरेको आरोप लगाएका थिए। माल्दिभ्समा कम्तिमा ७५ भारतीय सैनिक तैनाथ गरिएको थियो र भारतले उपहार दिएका दुईवटा विमान चलाएको थियो र साथै समुद्रमा फसेका वा प्रकोपको सामना गरिरहेका मानिसहरूको उद्धार कार्यमा सहयोग पु¥याएको थियो। मुइज्जुले यी सेनाका कर्मचारीहरूलाई हटाउने दिशामा कदम चालेको थियो ।

 

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : १० बजे