२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तेस्रो नेरुफमा ‘सतीदेवी’लाई सर्वोत्कृष्ट फिल्मसहित तीन अवार्ड



१० वैशाख । तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव–०८० मा लक्ष्मण सुवेदीको ‘सतीदेवी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। वरिष्ठ निर्देशक तथा चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहालसहितको जुरी कमिटीले महोत्सवको प्रतिस्पर्धामा रहेका फिल्ममध्येबाट ‘सतीदेवी’लाई सर्वोत्कृष्ट ठहराएको हो।

यो फिल्मबाट निर्देशक सुवेदीले सर्वोत्कृष्ट स्क्रिप्ट राइटर र यही फिल्मकी शीर्ष अभिनेत्री मलिका महतले सर्वात्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्डसमेत जित्न सफल भए।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका– ८ स्थित गौरीशंकर माविमा ६–८ बैशाखमा आयोजना गरिएको महोत्सवमा ‘सतीदेवी’ हेरेका दर्शक रुँदै निस्किएका थिए। उनीहरुले ‘सतीदेवी’ अहिलेसम्म हेरेकामध्येकै उत्कृष्ट फिल्म लागेको प्रतिक्रिया दिँदै यस्तै बिषयबस्तुमा फिल्म बनाउन चलचित्रकर्मीहरुलाई सुझाव दिएका थिए।

‘सतीदेवी’ले यसअघि गत माघ तेश्रो साता सौराहामा सम्पन्न सौराह दक्षिण एशियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म र शिब रेग्मी सर्वोत्कृष्ट निर्देशक (लक्ष्मण सुवेदी)अवार्ड जितेको थियो।
महोत्सवमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’बाट निश्चल बस्नेतले जिते भने यही फिल्मबाट स्वस्तिमा खड्काले सर्वोत्कृष्ट अभिनेत्री र राजेन्द्र मोक्तानले उत्कृष्ट कलरिष्टको अवार्ड पाए। यो फिल्मको निर्माण कम्पनी सिनेमा आर्टस् उत्कृष्ट ब्यानर घोषित भयो। दयाहाङ राईले ‘नाङ्गो गाउँ’ फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड जिते भने यही फिल्मबाट बनिश शाहले उत्कृष्ट सम्पादनको अवार्ड हासिल गरे। त्यसैगरी, उत्कृष्ट छायाँकारको अवार्ड ‘बिच्छेद’ फिल्मका लागि संकल भुजेलले पाए भने यो फिल्मले जुरी मेन्सन अवार्ड समेत जित्यो।

यसैगरी सर्ट फिल्मतर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा उत्कृष्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले बाजी मर्‍यो। उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड अनिल बुढामगर निर्देशीत ‘द आइरन डिजरले’ले जित्यो भने ‘अन्तै माया’ले उत्कृष्ट म्युजीक सर्ट फिल्म र ‘रित्तो गाउँ’ले जुरी मेन्सन अवार्ड जित्न सफल भयो।

सेलिब्रेटी नेपालको आयोजनामा सम्पन्न महोत्सवमा ‘सतीदेवी’,‘नाङ्गो गाउँ’,‘दिमाग खराब’,‘बिच्छेद’ ‘डेसान’ (अप्रतियोगी) फिचर फिल्म तथा बिभिन्न डकुमेन्ट्री अनि सर्ट फिल्म प्रदर्शन गरिएको थियो।

ग्रामिण परिबेशका कथामा निर्माण भएका चलचित्रलाई समेटेर ग्रामीण भेगमा नेपाली चलचित्रको प्रबद्र्धन गर्ने उद्धेश्यले पहिलोपटक गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सवको दोश्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न गरिएको थियो।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १ : ४२ बजे