२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पल शाह र पूजा शर्माले क्याप उठाएर सुरु गरे चलचित्र ‘रावायण’को छायांकन



काठमाडौँ
११ वैशाख । अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माले क्याप उठाएर नयाँ चलचित्र ‘रावायण’ को छायांकन सुरु गरेका छन् । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभ–मुहूर्त गर्दै रेल्वे स्टेशनबाट छायांकन सुरु गरिएको हो ।

फिल्मको शुभमुहूर्तमा निर्देशक थापासहित चलचित्रका कलाकारहरु पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ लगायत सहभागी भएका थिए । मंगलबारबाट सर्लाही जिल्लास्थित लालबन्दीमा छायांकन गरिने जानकारी निर्माण टिमले दिएको छ ।

निर्देशक सुदर्शन थापाको एक्सन तथा लभस्टोरी कथामा बन्न लागेको चलचित्रको धेरैजसो छयांकन सोहि स्थान वरपर हेन बताइएको छ ।

चलचित्रमा प्रियंका कार्की, पूर्व मिस नेपाल निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको पनि अभिनय रहनेछ । चलचित्रमा पल एक्सन भूमिकामा रहेका छन् । चलचित्रमा उनी दोहोरो भूमिकामा देखिनेछन् ।

सुदर्शन थापा र पूजा शर्माको संयुक्त निर्माण रहने चलचित्रको आगामी भदौ २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : ०२ बजे