२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेता रणवीर सिंह प्रहरीसमक्ष उजुरी लिएर पुगे



काठमाडौँ
११ वैशाख । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो डिपफेक भिडियोविरुद्ध उजुरी दिएका छन् । रणवीरका आधिकारिक प्रवक्ताले उजुरी दर्ता गरेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै प्रवक्ताले भने, ’हो, हामीले पुलिसमा उजुरी दर्ता गरेका छौं र रणवीर सिंहको एआई–जेनरेट गरिएको डीपफेक भिडियोको प्रचार गर्ने ह्यान्डल विरुद्ध एफआईआर दर्ता गरिएको छ।’ उजुरी दर्ता गर्नु बाहेक, रणवीरले हालै सोशल मिडियामा आफ्ना फलोअरहरूलाई चेतावनी दिएका थिए र लेखेका थिए, ’साथीहरू, डीपफेकहरूबाट जोगिनुहोस् ।’

डीपफेक भिडियोमा रणवीर राजनीतिक दललाई समर्थन गरेको देखिएका छन् । यो भिडियो रणवीरको भर्खरै वाराणसी भ्रमणको हो जसमा उनले शहरसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरिरहेका थिए ।

डीपफेक भिडियोमा रणवीरलाई यसो भन्दै देखाइएको थियो– ’मोदी जीको उद्देश्य हाम्रो दुखी जीवन मनाउनु हो। हाम्रो पीडा, हाम्रो बेरोजगारी र हाम्रो मुद्रास्फीति। किनकी हामी भारत अहिले अन्यायको युगमा यति गतिमा अघि बढिरहेका छौँ तर हामीले आफ्नो विकास र न्यायको माग गर्न बिर्सनु हुँदैन । त्यसैले सोचेर भोट गरौ ।’

यसअघि अभिनेता आमिर खानको एउटा नक्कली भिडियो पनि भाइरल भएको थियो जसमा उनी राजनीतिक दललाई समर्थन गरेको देखिएका थिए ।

भिडियो भाइरल भएपछि आमिरले यसमा प्रतिक्रिया दिँदै आफू कुनै पनि पार्टीलाई समर्थन नगर्ने र यो भिडियो नक्कली भएको बताए । अभिनेताले यस विषयमा साइबर सेलमा एफआईआर पनि दर्ता गराएका थिए ।

वर्कफ्रन्टमा, रणवीरको अर्को फिल्म अजय देवगन स्टारर ’सिंघम अगेन’ मा आउदै छन् । रोहित शेट्टी निर्देशित यस फिल्ममा अजय र रणवीरका अलावा करीना कपूर, अक्षय कुमार, टाइगर श्राफ, दीपिका पादुकोण र अर्जुन कपूर पनि देखिनेछन् । यसपछि उनले फरहान अख्तरको फिल्म ‘डन ३’ को सुटिङ सुरु गर्नेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : ०९ बजे