२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा इतिहासमै पहिलोपल्ट सयौं विद्यार्थी दिक्षित (तस्विरहरु)



ललितखबर
१२ वैशाख । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले इतिहासकै पहिलोपल्ट दिक्षान्त समारोह आयोजना गर्दै ४ सय ६५ विद्यार्थीलाई दिक्षित गरेको छ । दिक्षान्त समारोहमा कुलपती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहभागी विद्यार्थी हरूलाई दिक्षित गरेका थिए ।


प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोगंलले पहिलो दिक्षान्त कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको बताए ।


मकवानपुर ललितपुर र काभ्रेलगायतका दुर्गम गाँउहरूका गरिव परिवारका विरामीलाई प्रतिष्ठानको मातहतमा रहेको पाटन अस्पतालले सहुलियतपूर्ण रूपमा उपचार गरेको बिचार व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले आत्मनिर्माण संस्थालाई सरकारले आवश्यक परे सहयोग गर्ने वचन दिए । दिक्षान्तमा ४सय ६५ जना सहभागी भएका थिए ।


प्रतिष्ठानका सहकुलपती स्वाथ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिष्ठानले योग्य स्वास्थ्य जनशक्ति उत्पादन गरेको विचार व्यक्त गर्दै नेपालको स्वास्थ्य प्रणालीलाई सुधार गर्न भविश्यमा थप उन्नतती गर्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा भारतका नोवल पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ११ : ०४ बजे