२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कुछ कुछ होता है’ मा रानीको भूमिकामा रविना थिइन् निर्माताको पहिलो रोजाइ



काठमाडौँ
१२ वैशाख । सन् १९९८ मा रिलिज भएको चलचित्र ‘कुछ कुछ होता है’ त्यो दिनको ब्लकबस्टर चलचित्र थियो । चलचित्रमा शाहरुख खान, काजोल र रानी मुखर्जी मुख्य कलाकारको रुपमा देखिएका थिए । तर यो चलचित्रमा रानी मुखर्जीको भूमिकाका लागि रविना टण्डन निर्माताको पहिलो रोजाइ थिइन् ।

हालैको एक अन्तर्वार्तामा रविनाले यस चलचित्रमा रानी मुखर्जीको भूमिका अफर भएको बताएकी थिइन् । उनले यो भूमिका गर्न स्पष्ट रूपमा अस्वीकार गरेकी थिइन् । उनी भन्छन्, ‘त्यतिबेला मेरो करियर निकै माथि थियो । मलाई यति सानो भूमिका गर्न मन लागेन । त्यहीँबाट रानी मुखर्जीले आफ्नो करियर सुरु गरेकी थिइन् । त्यो भूमिका उनको लागि राम्रो साबित भयो ।’

रविनाले करण जोहर यस विषयमा लामो समयदेखि आफूसँग रिसाएको समेत बताइन् । रविनाले त्यति बेला आफु आफ्नो पहिचान बनाउन चाहेको बताइन् । उनले ३–४ गीत र केही दृश्यका आफु अनिच्छुक रहेको बताइन् ।

करण जोहरले एक अन्तर्वार्तामा आफू चलचित्र ‘कुछ कुछ होता है’ को कास्टिङलाई लिएर निकै चिन्तित भएको बताएका थिए । यो भूमिकाका लागि उनले जुनसुकै अभिनेत्रीसँग कुरा गरे, तिनीहरू सबैले अस्वीकार गरेका थिए । उनले भने– ’मेरो हालत पागल जस्तै भएको थियो। अन्ततः जब उनले रानी मुखर्जीलाई यो भूमिकाको लागि सोधे, उनले हुन्छ भनिन् ।’

यो चलचित्रले २५ वर्ष पूरा गरेको छ । धर्मा प्रोडक्सनमा बनेको फिल्म ‘कुछ कुछ होता है’लाई करण जोहरले निर्देशन गरेका हुन् । यो उनको निर्देशनको पहिलो चलचित्र थियो, जुन १६ अक्टोबर १९९८ मा प्रर्दशन भएको थियो । यो चलचित्र बलिवुडको अहिलेसम्मक ओसफ्ल चलचित्र मध्ये एक हो ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ११ : ३५ बजे