२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आजदेखि देशभर चलचित्र बोक्सीको घर प्रर्दशन



ललितखबर
१४ वैशाख । आजदेखि देशभर चलचित्र बोक्सीको घर प्रर्दशन भएको छ ।
अभिनेत्री केकी अधिकारीले निर्माण र अभिनय रहेको यस चलचित्र सुलक्षण भारती निर्देशक र अभिनय हेर्न रहेको छ । चलचित्रमा अभिनेत्री केकी र सुलक्षणसँगै वालकलाकार सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।
‘बोक्सीको घर’ आठ वर्षअघि भारतीले नाटक मञ्चन गरेका थिए । चलचित्रको छायांकन करिव ३ बर्ष अघि नै गरिएको थियो ।
नेपाली समाजमा रहेको बोक्सी प्रथामानिमार्ण गरिएको चलचित्रमा ग्रामिण समाजमा रहेको वालविवाहको प्रसंग समेत रहेको भारती बताउछन् ।
यस चलचित्रको बुधबार राजधानकिो सुन्धारास्थित चलचित्र भवनमा प्रिमियर गरिएको थियो । चलचित्र हेरेपछि सहभागी कलाकार र शुभेच्छुकहरुले चलचित्र राम्रो भएको प्रतिकृया दिएका थिए ।
धेरै चलचित्रकर्मीको प्रशंसा पाएको चलचित्रसँगै गएको दुई हप्ताअघिबाट प्रर्दशन सुरु भएको महाजात्रा र एकहप्ताअघि प्रर्दशनमा रहेको चलचित्र डिग्री माइला पनि प्रर्दशनमा छन् ।

 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  २ : १३ बजे