२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महजात्रा’ छैटौं सातासम्म निरन्तर प्रर्दशन



काठमाडौँ
१४ जेठ  । चलचित्र ‘महजात्रा’ देशभरका विभिन्न हलहरुमा छैटौं सातासम्म निरन्तर प्रर्दशन भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग चलचित्र‘महाजात्रा’ ५१ औँ दिनसम्म निरन्तर प्रर्दशन हुने अवस्थामा पुगेको बताइएको छ । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई
भट्टराईले स्वदेशसँगै विदेशका दर्शकले चलचित्रलाई मन पराउनु सबै भन्दा ठूलो सफलता रहेको बताए ।
‘हाम्रो चलचित्रले विश्वभर रहनुभएका नेपालीलाई मनोरञ्जन दिएको छ । म लगायत मेरो टिमलाई प्राप्त भइरहेको संदेशले हामीलाई आउँदो दिनमा काम गर्न उत्साहित बनाएको छ । हामी नयाँ कामको तयारीमा छिटै जुट्ने छौँ’, निर्देशक भट्टराईले भने ।
उनी निर्देशक चलचित्रहरु ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’, ‘महापुरूष’ ले ५१ औँ दिनको यात्रा तय गरिसकेको छ ।
नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला चलचित्रको रेकर्ड तोडेको चलचित्र ‘महाजात्रा’ अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली बन्ने अवस्थामा पुगेको निर्माण पक्षको दाबी छ । अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामाको सिड्नीमा मात्र चलचित्रको ३५ शो भईसकेको छ । यो अहिलेसम्म कुनै नेपाली चलचित्रको भएको शो सङ्ख्यामा निकै उच्च रहेको र उक्त सम्पूर्ण शोहरू ‘सोल्ड आउट’ रहेको निर्माण पक्षको भनाई छ ।

चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ चलचित्र दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ०८ बजे