२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘आँखा’को आँखाजस्तै पोस्टर सार्वजनिक



काठमाडौँ
१५ वैशाख । निर्देशक जौन योञ्जनले निर्देशन गर्ने चलचित्र ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आँखाजस्तै आकारमा सार्वजनिक पोस्टरमा कलाकारहरु निशा अधिकारी, बुद्धि तामाङलगायत अटाएका छन्

चलचित्रको पोस्टर सार्बजनिक गर्दै आगामी असार १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

चलचित्र आधुनिक समाजमा तल्लो वर्गले बाँच्नका लागि गर्ने संघर्षमा बनेको बताइएको छ । यो चलचित्र दुःख र एक्लोपनभित्रको रमाइलो कथा ‘आँखा’ भएको निर्देशक बताउछन् ।

निर्देशक योन्जन स्वयंको कथा तथा पटकथा लेखन रहेको चलचित्रमा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, स्मिता लामिछाने, आरके मेहता, अभयराज बरालसहित बाल कलाकारमा प्रसन राईको अभिनय छ ।

कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, दीपक आरजेको संगीत तथा रेवन्तविक्रम थापाको द्वन्द्व निर्देशन छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ३ : ०४ बजे