३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरी झ्यालुण्टार रंगशाला : पहिरोलाई प्याराफिट बनाउदै दर्शक, धुलाम्मे खेलाडी (तस्विरहरु)



ललितखबर
१६ वैशाख । ललितपुरको गोदावरी ११ टाहाखेल झ्यालुण्टारमा शनिबारबाट फुटवल प्रतियोगिता सुरु भएको छ ।
झ्यालुण्टार वन उपभोक्ता समितीको अधिनमा रहेको बन क्षेत्रमा केन्द्र सरकारबाट जग्गा प्राप्ती नगरि नगरपालिकाले निर्माण गरेको बहुउद्देश्यीय रंगशालामा उपत्यकाव्यापी मेयर कप फुटवल प्रतियोगिता सुरु गरिएको हो ।


वन ऐन २०७६ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि नीजि तथा सार्वजनिक संरचना बनाउन पाइदैन । वन क्षेत्र संघीय सरकारको अधिनमा राखिएको छ भने स्थानीय निकायले कुनै पनि सार्वजनिक सम्पती प्रयोग गर्न केन्द्र सरकारको अनुमती आवश्यक पर्छ ।
रंगशालामा धुलै धुलोका कारण खेलाडीहरुलाई फुटवल खेल्न कठीन भएको छ ।


एकतिर उर्खमाउलो गर्मी अनि धुलाम्मे रंगशालाका कारण खेलाडी खेलमैदानमा खेल्ने क्रममा निरन्तर लडेका छन् ।
रंगशालामा दर्शक बस्ने ठाँउको अभावका कारण भीरमा बसेर खेल हेरेका छन् । भागावनको जंगलनजिकै रहेको अप्ठ्यारो पहिरोमा बसेर खेलाडीले खेल हेरेका हुन् । रंगशालामा दर्शकको भीड रहेको अवस्थामा भीरबाट लडेर दुर्घटना हुने खतरा देखिएको छ ।


प्रतियोगितामा सहभागी महालक्ष्मी नगरपालिका सिट कप्तानले खेल मैदान धुलाम्मे हुँदा कठीन खेल खेलेको अनुभव सुनाए ।
उनका अनुसार भर्खरै जमिन सम्याएको हार्ड ग्राउण्ड भएकाले धेरै खेलाडी लडेको र घाइते भएको बताए । घाँसेमैदानमा खेलिरहेका खेलाडी घाँसेमैदानमा फुटवल खेल्न गाह्रो भएको उनको अनुभव छ ।
फुटवल मैदानमा हावा बहदा धुलो उडेको देख्न सकिन्थ्यो । खेलाडीको सरिरभरि धुलाम्मे बनेका थिए दर्शक समेत धुलोका कारण मुख छोपेर खेल हेरिरहेका थिए ।


डरलाग्दो पहरामा दर्शक बसेर हेरिरहेको अवस्थामा सुरक्षाकर्मीले सुरक्षित स्थानमा दर्शकलाई बस्न आह्वान गरेको देखिएन । पहिरोको बीचमा बसेर दर्शकले फुटवल हेरेको अवस्थामा जनप्रतिनिधिहरुले पनि सुरक्षित स्थानमा राख्न कुनै प्रबन्ध गरेनन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ५३ बजे