२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जोली एलएलबी ३’ को छायांकन



काठमाडौँ
१६ वैशाख । बलिउडका अरशद वारसी स्टारर चलचित्र ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ लाई दर्शक र समीक्षकबाट धेरै माया गरेका थिए ।

यी दुई भागको सफलतापछि निर्माताले चलचित्रको तेस्रो पार्ट ‘जोली एलएलबी ३’ घोषणा गरेका छन् । हालै यस चलचित्रको छायांकन र प्रर्दशनबारे अपडेट आएको छ । अब ‘जोली एलएलबी ३’ को छायांकन राजस्थानमा हुने भएको छ ।

रिपोर्टका अनुसार ’जोली एलएलबी ३’ यस छिट्टै फ्लोरमा जाने तयारीमा छ । अक्षय कुमार र अर्शद वारसी ’जोली एलएलबी ३’ मा फर्किने तयारीमा छन् र चलचित्रमा आफ्नो भूमिका पुनः प्रदर्शन गर्नेछन् । अर्शद छिट्टै राजस्थानमा अर्को छायांकन सुरु गर्ने तयारीमा छन् । उनले राजस्थानमा एक महिना लामो कार्यक्रम सुरु गर्दैछन् ।

फिल्मको प्रि–प्रोडक्सनको काम सुरु भएको छ । सुभाष कपुर निर्देशित यो चलचित्रको सुटिङ मे महिनाबाट सुरु हुने बताइएको छ । यसमा अक्षय कुमार पनि मुख्य भूमिकामा हुनेछन् । एक महिनाको कार्यतालिकामा कुन–कुन कलाकार समावेश हुने भन्ने जानकारी भने आउन बाँकी छ । साथै चलचित्रको मुख्य नायिकाको नाम पनि सार्वजनिक हुने भएको छ । ‘जोली एलएलबी ३’ को छायांकन सन् २०२४ को अन्त्यमा सम्म हुने र २०२५ मा ठूलो पर्दामा आउने बताइएको छ ।

जोली एलएलबी र र यसको सिक्वेल जोली एलएलबी २ कानूनी कमेडी–ड्रामा चलचित्रहरू हुन् जसले भारतीय न्यायिक प्रणालीलाई व्यंग्य गर्ने र हास्य र सामाजिक टिप्पणी पनि प्रदान गर्दछ ।
सुभाष कपुरद्वारा निर्देशित चिलचित्ररू, अभिनेता अरशद वारसी र अक्षय कुमारले जगदीश त्यागीको भूमिका निभाएका छन्, जोली भनेर पनि चिनिन्छन्, जो अदालतमा सम्मान र न्याय खोज्ने संघर्षरत वकिल हुन् । अब तेस्रो पार्टको बारेमा यो जोली भर्सेस जोली हुन सक्ने बताइएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : ५६ बजे