३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर हुँदै हेटौडा आउने जाने कान्तिलोकपथ आजदेखि १३ घण्टा यातायात सञ्चालन, ११ घण्टा बन्द



बागमती
१६ वैशाख । ललितपुर हुँदै हेटौडा आउने जाने कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालन आएको छ । कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको हो । स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक बिहान ९ देखि अपराह्न १२ बजेसम्म र साँझ ६ देखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

बिहानको समयमा ३ घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालय हेटाँैडाबाट जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । सो नियमअनुसार अगामी जेठ १५ गतेसम्म यातायात सञ्चालन हुने उाको भनाइ छ ।

ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्जाङ, भट्टेडाँडा, काल्चे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम भइरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : ५४ बजे