५ असार २०८१, मंगलबार | Tue Jun 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आगलागीपछि सिङ्गो बस्ती नै जल्यो,२४ घर र १० गोठ जलेर नष्ट



तुलसीपुर (दाङ)
१६ वैशाख (रासस) । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताएका छन् ।

सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन् ।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरेपनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए । यहाँको वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो । हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको स्थानीय वलीले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ४१ बजे