१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


यस्तो छ ‘बोक्सीको घर’को २ दिनको कमाइ



१६ वैशाख । अभिनेत्री केकी अधिकारीको निर्माण एवम् शीर्ष अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ले आक्रामक ओपनिङ गरेको छ । शुक्रबार फिल्मले ७० प्रतिशतसम्म अकुपेन्सी कायम गरेको थियो । शनिबार बिदा हुँदा अकुपेन्सी दर थप उच्च रह्यो ।

वितरक कम्पनी टि–फल्कले फिल्मको दुई दिनको व्यापार २ करोड १५ लाख रहेको जनाएको छ । शनिबार २५० बढी शोमा डेढ सय शो पूर्ण हाउसफुल र बाँकीमा ८० प्रतिशतसम्म अकुपेन्सी रहेको वितरक कम्पनीको दाबी छ । विशेषगरी फिल्मको व्यापार काठमाडौंमा आक्रामक रहेको छ ।

फिल्मले छिट्टै अन्तर्राष्ट्रिय यात्रा समेत शुरु गर्दैछ । अमेरिका, अस्ट्रेलिया र युरोपका लागि फिल्मको प्रदर्शन अधिकारी बिक्री भइसकेको छ । ‘बोक्सीको घर’लाई रंगकर्मी सुलक्षण भारतीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा केकीसहित, सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सुलक्षण भारती, सबिन बास्तोलालगायत कलाकारहरूको अभिनय छ ।

फिल्मले बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसा र शोषणको कथा उठाएको छ । यसअघि यो कथामा नाटक मञ्चन भएको थियो ।

‘बोक्सीको घर’मा समावेश गीत ’बुझिनँ मैले’ लाई छोटो समयमै युट्युबमा एक करोड बढी पटक हेरिएको छ । सार्वजनिक भएको तीन सातामै आइतबार गीत करोड क्लबमा पुगेको हो । प्रकाश सपुतको सिर्जना तथा समीक्षा अधिकारीको स्वर रहेको यो गीत सार्वजनिक भएसँगै चर्चामा थियो ।

गीतले ‘बोक्सीको घर’को हाइप बढाउन महत्वपूर्ण भूमिका खेलेको र त्यसको फाइदा फिल्मको ओपनिङमा देखिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ५३ बजे