२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘माइतीघर’ चलचित्रका अभिनेता सीपी लोहनीको निधन



१७ वैशाख । निजी क्षेत्रले निर्माण गरेको पहिलो चलचित्र‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी) निधन भएको छ । लोहनीको ८६ वर्षको उमेरमा आज (सोमबार) निधन भएको हो ।
काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा अल्माइजर पीडित उनको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । उनी ‘माइतीघर’का गायक समेत थिए । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : १५ बजे