४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको आनन्दवन अस्पतालपरिसरमा भिषण आगलागी



ललितखबर
१८ वैशाख । दक्षिण ललितपुरको लेले टिकाभैरवमा रहेको आनन्दवन अस्पताल परिसरमा भिषण आगलागी भएको छ ।
भागावन क्षेत्रबाट केही दिनअघि लागेको ढडेलो फलिएर अस्पताल परिसर पुगेको हो ।
जंगलको बीचमा रहेको अस्पतालसम्मै आगो पुगेर अस्पतालमा क्षति पुग्ने भयले स्थानीय, वनका कर्मचारी, अस्पतालका कर्मचारी। नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र राजधानीका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
जिल्ला वन कार्यालयका प्रमुख हेमबहादुर थापाका अनुसार विहानैदेखि आगो नियन्त्रणको प्रयास भइरहेको छ । तर नियन्त्रणमा आउन सकेको छैन । प्रमुख थापाले अस्पतालसम्म आगो पुग्नसक्ने आशंका बढेपछि नियन्त्रणको हरसम्भव प्रयास भइरहेको बताए ।

अस्पतालका निर्देशक महेश शाहले आगोले अस्पताललाई क्षति भने नपुगेको बताए । ‘अस्पताल नजिकै आगो आईपुगेको छ । हामी नियन्त्रणको लागि विभिन्न निकायलाई गुहार मागिरहेका छौं ।’ डा. शाहले ललितखबरलाई बताएका छन् ।
उनका अनुसार तीन वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । एउटा दमकल अस्पताल ननिकै बाटोमा बिग्रेर आगो निभाउन सकेको छैन ।
अस्पताल परिसरमा असंख्य सल्लोको रुखहरु भएकाले आगो दनदनी बलिरहेको छ । सुख्खा मौसम र सल्लोको पातपतिङ्गर राम्रोसँग बल्ने हुँदा आगो नियन्त्रणमा कठीन बन्दै गएको डाक्टर शाहको भनाई छ ।
आगो जंगलको टाहाखेल, न्यौपानेगाँउ, झ्यालुण्टार, लेलेवरपरको जंगलमा निरन्तर फैलिरहेको छ ।
जंगलमा सुख्खा मौसममा स्थानीय किसानले हरियो घाँस पलाउने र बर्षभर सुकेको दाउरा ल्याउने पाउने लोभले जंगलमा आयो लगाउने गर्दछन् । स्प्रष्ट कानूनको अभावमा जंगलमा आगो लगाउनेलाई कारवाही गरिएको पाइदैन । जंगलमा आगो लगाउने व्यक्तिको खोजी र अनुसन्धान गरेर प्रशासनले दोषि पत्ता लगाई कारावाही गरेको छैन ।

डाक्टर शाहले खतराको महसुस हुने वित्तिकै विरामीलाई अस्पतालबाट स्तानान्तरण गर्ने योजना सुनाए ।

जंगल नजिकै बस्ती समेत रहेकोले रातको समयमा आगो बस्ती पस्ने त्रास बसेको स्थानीयहरु बताउछन् । जंगलमा केही दिनदेखि भिषण आगलागी भइरहेको अवस्थामा गोदावरी नगरपालिकाका जनप्रतिनिधि भने उपत्यकाव्यापी मेयर कप फुटवल प्रतियोगितामा व्यस्त छन् ।

 

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : २२ बजे