८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मनसरा’ को गीत ‘झ्यालको’ : प्रविण र मेनुकाको केमेष्ट्रि



काठमाडौँ
१९ वैशाख । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय चलचित्र ‘मनसरा’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
गीतमा अभिनेता प्रविण खलिवडा र अभिनेत्री मिरुना मगरबीचको केमेष्ट्रि झल्काउने दृश्यहरु समेटिएको छ ।
सनुप पौडेल र झुमा लिम्बूको युगल स्वर रहेको ‘झ्यालको’ बोलको गीतमा झुमा लिम्बूको संगीत तथा हर्क साउदको शब्द रचना छ ।

अन्तरजातीय सम्बन्धको आयामलाई समेटिएको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान केन्द्रीय भूमिकामा छन् भने हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको पनि अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् ।

चलचित्रमा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्मातामा छन् भने सिजन दाहाल कार्यकारी निर्माता रहेका छन् ।

चलचित्र यही बैशाख २१ गतेबाट प्रदर्शनमा आउदैछ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : २५ बजे