४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ललितपुरमा चलचित्र ‘मनसरा’को भव्य प्रिमियर



ललितखबर
२० वैशाख । ललितपुर पुल्चोकस्थित एक चलचित्र भवनमा ‘मनसरा’को भव्य प्रिमियर गरिएको छ ।
बुधबारसाँझ आयोजित प्रिमियरमा थुप्रै कलाकर्मी, पत्रकार र शुभेच्छुकमाफ चलचित्रको निर्माण पक्षले प्रिमियर आयोजना गरेको हो ।
चलचित्रको प्रिमियर अन्य चलचित्रभन्दा भिन्न र फरक शैलीका साथ गरिएको थियो ।


भवनको लविमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । जहाँ निर्माणपक्षले प्राविधिकहरुलाई सम्मान गरिएको थियो ।
राजधानीमा गाई पाल्ने विषयमा चलचित्र निर्माण गरेको कारण निर्माण पक्षले सहभागीलाई खुवा चखाइएको थियो । लभीमा सरफ्रेसमेन्ट कार्यक्रम राखिएको थियो ।
हललाई फूलले सझाइएको थियो । चलचित्र हेर्न निर्देशकहरु प्रदिप भट्राई,निश्चल बस्नेत, अभिनेत्री सुरक्षा पन्तलगायत सहभागी थिए । प्रिमियरमा सयौंको भीड थियो ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ३ : ३० बजे