६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘बोक्सीको घर’को व्यापार छ दिनमा साढे पाँच करोड, दोस्रो भाग पनि बन्ने



२० वैशाख । नेपाली चलचित्र ‘बोक्सीको घर’ले बुधवार सम्ममा झन्डै साढे पाँच करोडको ग्रस कलेक्सन गरेको छ। यसबारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वितरक संस्था डिसिएनका अध्यक्ष अशोक शर्माले बुधवार सम्म ५ करोड ४५ लाख ग्रस कलेक्सन गरेको बताए।

यस चलचित्रले रिलिजको पहिलो दुई दिनमा झन्डै साढे २ करोड ग्रस कलेक्सन गरेको थियो। शर्माले काठमाडौँ र काठमाडौँ बाहिर लगभग बराबर व्यापार गरेको जनाए। बुधवार मात्र १ करोड माथिको व्यापार गरेको उनले दाबी गरे। शर्माका अनुसार चलचित्र हलमा नब्बे प्रतिशत दर्शक महिला रहेका छन्। उनले महिला वर्गलाई यस चलचित्रले प्रभावित पारेको बताउँदै लामो समयसम्म चलिरहने सम्भावना रहेको बताए।

निर्माता तथा अभिनेत्री केकी अधिकारीले यो चलचित्रको सिक्वेल बन्ने खुलासा गरिन्। दुई दिन अघिदेखि नै हलमा चलिरहेको चलचित्रमा ‘टु बि कन्टिन्यू’ लेखिएको जनाउँदै उनले अब अर्को भागको तयारीमा रहेको बताइन्। आफूले पहिले देखि नै यो चलचित्र सफल रहेमा दोस्रो भाग बनाउने योजना बनाएको बताइन्।

यो चलचित्रको चर्चित गीत ‘बुझिन मैले’को चर्चासँगै चलचित्रप्रति दर्शकको चासो बढेको थियो। यस चलचित्रले हाम्रो समाजमा व्याप्त कथित बोक्सीको नाममा हुने महिला हिंसाको कथा र बालविवाहका कारण निम्तिएको कहालीलाग्दो कथालाई देखाएको छ। यसको प्रमुख भूमिकामा केकीको अभिनय छ भने केकीको बाल्यावस्थाको भूमिकामा बाल कलाकार सुपला सापकोटाले अभिनय गरेकी छन्।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।