५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक प्रकाश सपुत अव चलचित्र निर्देशक, अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित



काठमाडौं
२३ वैशाख । गायक प्रकाश सपूत अब निर्देशक बन्ने भएका छन् । उनको डेव्यु निर्देशन बन्न लागेको चलचित्र ‘वसन्त’मा अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् ।
राजधानीमा आज चलचित्रको औपचारिक घोषणा कार्यक्रममा नव निर्देशक सपुतले चलचित्रको प्रर्दशन चैते दशैंमा प्रर्दशन गर्ने योजनाका साथ काम सुरु हुन लागेको जानकारी दिए ।
चलचित्र ‘परदेशी २’ मार्फत चलचित्र क्षेत्रमा होमिएका सपुतको सो चलचित्रको अभिनय हेरेपछि दर्शकले सकारात्मक प्रतिकृया दिएका थिए । चलचित्रको सफलतापछि हौसिएका गायक सपुतका गलबन्दीलगायत थुप्रै गीत चििर्चत छन् ।
चलचित्रको मुख्य सहायक निर्देशक उनकै भाइ सुनिल विक रहने छन् । सिनेमामा उनको निर्माण कम्पनि गलबन्दी प्रोडक्सनको लगानी गर्नेछ भने मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचनले उनलाई कार्यकारी निर्माता रहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ११ : ०७ बजे