२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक प्रकाश सपुत अव चलचित्र निर्देशक, अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित



काठमाडौं
२३ वैशाख । गायक प्रकाश सपूत अब निर्देशक बन्ने भएका छन् । उनको डेव्यु निर्देशन बन्न लागेको चलचित्र ‘वसन्त’मा अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् ।
राजधानीमा आज चलचित्रको औपचारिक घोषणा कार्यक्रममा नव निर्देशक सपुतले चलचित्रको प्रर्दशन चैते दशैंमा प्रर्दशन गर्ने योजनाका साथ काम सुरु हुन लागेको जानकारी दिए ।
चलचित्र ‘परदेशी २’ मार्फत चलचित्र क्षेत्रमा होमिएका सपुतको सो चलचित्रको अभिनय हेरेपछि दर्शकले सकारात्मक प्रतिकृया दिएका थिए । चलचित्रको सफलतापछि हौसिएका गायक सपुतका गलबन्दीलगायत थुप्रै गीत चििर्चत छन् ।
चलचित्रको मुख्य सहायक निर्देशक उनकै भाइ सुनिल विक रहने छन् । सिनेमामा उनको निर्माण कम्पनि गलबन्दी प्रोडक्सनको लगानी गर्नेछ भने मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचनले उनलाई कार्यकारी निर्माता रहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ११ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।