५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भट्टेडाँडा जंगलमा भिषण आगलागी



ललितखबर
२४ वैशाख । दक्षिण ललितपुरको भट्टेडाँडा जंगलमा भिषण आगलागी भएको छ ।
वागमती गाँउपालिका ३ का वडाध्यक्ष नवराज खड्काका अनुसार आइतबार साँझबाट सुरु भएको आगलागी छपेली बस्तीमा पस्ने अवस्था आएपछि स्थानीय र प्रहरीले रातभर नियन्त्रणको प्रयास गरेका छन् ।
यास्पा क्षेत्रबाट लागेको आगो नियन्त्रणका लागि स्थानीयले प्रतिरक्षात्मक आगो लगाएर निभाउने प्रयास गरेका हुन् । ठाँउ ठाँउबाट आगो नियन्त्रणका लागि विपरित दिशाबाट आगो सल्काएर विचमा पारेर निभाइएको हो ।
वडाध्यक्ष खड्काले जलेके भीरबाट फेरि आगो अघि बढेको बताए । उनले भने, नियन्त्रणमा नै आइसकेको छैन । स्थानीयले नियन्त्रणको प्रयास गरिरहेका छन् ।
पहाडी क्षेत्र रहेको भट्टेडाँडामा अप्ठ्यारो भीर रहेकाले आगो नियन्त्रण गर्न कठीन छ । जंगलमा सधै बतास लाग्ने हुँदा आगो नियन्त्रणमा चुनौती हुने वडाध्यक्ष खड्का बताउछन् ।
भट्टेडाँडा प्रहरी चौकीले स्थानीयसँग मिलेर आगो नियन्त्रणको प्रयास गरेपनि तत्काल सम्भव नभएको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  २ : ०७ बजे