६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मनसरा’ सिनेमाले नयाँ गीत सार्वजनिक(भिडियोसहित)



२४ वैशाख । शुक्रबारबाट रिलिज भएको ‘मनसरा’ सिनेमाले नयाँ गीत रिलिज गरेको छ। सिनेमाले आइतबार ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ।

गीतको भिडियोमा सिनेमामा ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राईमाथि फिल्माइएको छ।
करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’सँगको निकटतालाई प्रस्तुत गरिएको छ। गीतले यिनै भावहरुलाई पस्किएको छ। सिनेमामा नेनाहाङ अभिनेत्री मिरुना मगरका छोरा बनेका छन्।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।