१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वनमा आगलागीपछि दुई जनाको मृत्यु,आगो लगाएको अभियोगमा दुई जना पक्राउ



ओखलढुङ्गा
२६ वैशाख । वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो । ओखलढुङ्गा जिल्ला अदालतले अभियुक्तहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताएका छन् । गत सोमबार सिद्धिचरण नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।