७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुषाल अनुबन्धित



२७ वैशाख । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् ।

अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्रका लागि निर्माणपक्षले मुकुनसँग केही दिन अघि मात्रै लिखित सम्झौता गरेको हो ।
फिल्ममा मुकुनकोे भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । यता, चलचित्रका लागि कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ ।

पहिलो चलचित्र ‘बुलबुल’ बाट चर्चा कमाएर अलग छवि बनाएका अभिनेता मुकुनलाई आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विस्वस्तका साथ अनुबन्धित गराइएको निर्माता विनोद पौडेलले जानकारी दिए ।
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएसँगै मुकुनले भने, ‘एउटा कलाकारमा फरक चरित्रको भोक सधैँ रहन्छ । मैले यसमा पाएको भूमिका साँच्चिकै विशेष छ । यसबाट सबैले केही नयाँ परिचय पाउनु हुने छ, चलचित्रलाई लिएर उत्साहित छु ।’

‘पूर्ण बहादुरको सारङ्गी’मा पनि उनलाई शीर्षमध्येको भूमिका मध्य एक महत्वपूर्ण पात्रमा देख्न सकिने पौडेलको भनाइ छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रमा मुकुन अघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन् । उनीहरुलाई राखेर निर्माणपक्षले मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बुझ्न सकिन्छ ।
सोसल–ड्रामा बन्ने चलचित्रका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको चलचित्रको लागि अभिनेता फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेका छन् ।

यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । करिब दुई हप्ता अघि चलचित्रको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ३ : ३१ बजे