७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका एलिना चौहानले पति विष्णु सापकोटालाई सामाजिक सञ्जालमा गरेकी थिइन् पचासौं पल्ट व्लक



ललितखबर
२७ वैशाख । गायिका एलिना चौहानले आफ्ना पति विष्णु सापकोटालाई सामाजिक सञ्जालमा पचासौं पल्ट व्लक गरेको बताएकी छिन् ।
एक अन्तवार्तामा गायिका चौहानले पति सापकोटालाई व्लक गरेको बिहेपछि मात्रै खोलेको बताइन् । इष्ट्राग्रामलगायत सामाजिक सञ्जालमा विष्णुलाई उनले व्लक गरेको उनले बताएकी छिन् ।
विष्णु एलिना जोडीले पटक पटक सञ्चारमाध्यमहरुमा विवाहअघि नै सम्बन्ध टुटेको समाचार आएको विषय झुटो भएको बताएका छन् ।
अन्र्तवार्तामा गायिका एलिना चौहानले श्रीमान् सापकोटालाई सिधै तपाई मन प¥यो अरु छन् कि छैनन् भनिदिनुस भनेर सोधेको बताएकी छिन् ।
व्यावसायी विष्णुले गायिका एलिनासँग विवाह नहोस् भनेर धेरै व्यक्तिले नकारात्मक कुरा सुनाउने गरेको अनुभव सुनाएका छन् ।
विष्णुका विषयमा दुई सयजना भन्दा धेरैले काम भरेका गायिका एलिनाले अनुभव साटेकी छिन् । कतिपयका कुरा सुनेर विष्णुसँग झगडा समेत गरेको उनले बताएकी छिन् ।

गायिका एलिनाले आईलभ यु भनेर प्रपोज नगरेको तर स्मार्ट,बाठो,बोलीचाली र सहयोगी भएको कारण मन परेको बताएकी छिन् । बिष्णुको संर्घषका कुराले पनि आफूलाई आर्कर्षित गरेको भनाई राखेकी छिन् ।
विष्णुले गायिका एलिना चौहानसँग प्रेम पर्नुअघि एक महिलासँग सम्बन्धमा रहेको तर पछिल्लो समय प्रेम सम्बन्ध टुटेपछि सिंगल रहेको बताएका छन् ।
केही समयअघि गायिका चौहान र व्यावसायी सापकोटा विवाह बन्धनमा बाँधिएका थिए । विष्णु केही समयदेखि अष्ट्रेलियाका व्यावसाय गरेका बसेका थिए । उनी गीतकार समेत हुन् । उनले केही गीत गाएका छन् । भने मोडलिङ समेत गरेका छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ६ : ४१ बजे