७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पुजार सार्की’को ट्रेलर : ४२ घण्टामा १० लाख भ्युज



२७ वैशाख । चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक भएको दुई दिन नबित्दै १० लाख भ्युज कटेको छ । गत मंगलबार अपरान्ह युट्युवमा प्रशारण भएको ट्रेलर विहीबार १२ बजेसम्म १० लाख ४६ हजार भ्युज पुगेको छ ।
ट्रेलर दश लाख पटक हेरेर दर्शकहरूले दिएको मायाबाट आफू नतमस्तक भएको अभिनेता पल शाहले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
चलचित्र ‘रावायण’को छायाङ्कनमा जनकपुर र सरलाहीमा व्यस्त रहेका शाहले आफ्नो भूमिका छोटो रहेको भन्दै फ्यानहरूको गुनासो गरेको भन्दै शाहले भूमिका छोटो भए पनि महत्वपूर्ण रहेको बताएका छन् ।
शाह चलचित्रमा मेघराज खत्री पात्रको भूमिकामा छन् भने अर्का अभिनेता प्रदिप मैतबहादुर बनेर चलचित्रमा अभिनय गरेका छन् । चकलेटी नायकको परिचय बनाएका अभिनेता आर्यन सिग्देल पुजार पात्रमा अभिनय गरेको ट्रेलरबाट खुलासा भएको छ ।
चलचित्र यही जेठ १० गतेबाट चलचित्र प्रर्दशन हुने भएको छ । ट्रेलर ४ मिनेट लामो रहेको छ ।

ट्रेलरमा जातीय विभेद र अन्र्तजातीय विवाहको कथा रहेको रहस्य खुलेको छ ।
‘पुजार सार्की’का यसअघि सार्वजनिक पोस्टर, टिजर तथा गीतहरू ‘दर्शन गरेँ’ र ‘रिमै’लाई सार्वजनिक भइसकेका छन् । यस चलचित्रमा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

चलचित्र ’पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन्। चलचित्र ’प्रसाद’, ’क्लासिक’, ’नोभेम्बर रेन’, ’प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतको यो बहुप्रतिक्षित चलचित्र हो ।े चलचित्र कथा विकास सुवेदीले लेखेका छन् ।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दै छ। डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ।

निर्माता भुसालले नै यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको डिओपी रहेको ’पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ७ : ४५ बजे