७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभर प्रदर्शन



काठमाडौँ
२८बैशाख। चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका चलचित्र भवनमा प्रदर्शनमा आएको छ।
सुरज सुनुवारको लेखन तथा निर्देशनमा निर्माण गरिएको चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ।
चलचित्रको निर्माण सुरज सुनुवार र नवीन मानन्धरले गरेका हुन् ।
धरानका युवाहरुको जीवनशैलीसँगै सहकारी ठगीको विषयलाई चलचित्रले उठान गरेकोे छ।
च्लचित्र मोडल नीति शाहको डेव्यु चलचित्र हो । चलचित्रको मुख्य भूमिकामा रेअर राइ, नवीन मानन्धर, महेश त्रिपाठीलगायत छन् । साथै चलचित्रमा विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय हेर्न पाइन्छ ।
पछिल्लो समय चलचित्र महाजात्रा,बोक्सीको घर र मनसराजस्ता चलचित्र हलमा चलिरहेको अवस्थामा खजुर ब्रोलाई ५० वटा हलमा मात्रै शो मिलेको छ । माउथ पव्लिसिटीका कारण दर्शक बढ्दै गएको खण्डमा हलको संख्या थपिने अनुमान गर्न सकिन्छ ।
चलचित्रको छायांकन काठमाडौं, दार्जलिङ, धरान र इटहरीमा गरिएको छ ।

गत मंगलबार राजधानीमा चलचित्रको प्रिमियर गरिएको थियो । भने निर्माण पक्षले धरानमा सुम्निमा पारुहाङ्ग सहयोगार्थ च्यारिटी शो (पेड प्रिमियर) गरेको थियो ।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा सिनेमा निर्माण गरेको हो । नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको सिनेमामा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन् ।
आरआर फिल्मस्ले सिनेमा वितरणको जिम्मा लिएको छ । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ शिशिर विशंखेले खिचेका हुन् । मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : २४ बजे