७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता



३१ वैशाख । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यसअघि आजै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामा पछि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद सचिवालयमा दर्ता गर्ने भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : ४४ बजे